site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको पहिलो राष्ट्रिय ईस्पोर्ट्स च्याम्पियनसिपका खेल सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा खेलिँदै

काठमाडौं । नेपालको पहिलो राष्ट्रिय ईस्पोर्ट्स च्याम्पियनसिप फागुन ८ देखि १० सम्म काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना गरिएको छ ।

प्रतियोगितामा नेपालका उत्कृष्ट ईस्पोर्ट्स खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्यांग ब्यांग, ई–फुटबल लगायतका ६ प्रमुख ई–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन् ।

नयाँ प्रविधि र इन्नोभेसनलाई समर्थन गर्दै सामसङ यो प्रतियोगिताको प्रमुख साझेदार बनेको छ ।

प्रतियोगितामा प्रोफेसनल गेमरहरूले हालैसार्वजनिक ग्यालेक्सी एस२५ अल्ट्रामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको ई–फुटबल ग्रान्ड फिनाले सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा खेलिने भएको छ ।

कायक्रममा दर्शकहरूका लागि सामसङ एक्सपिरिएन्स जोन समेत छन् । दर्शकहरूले सामसङका नवीनतम उपकरणहरू र विशेष गरी ग्यालेक्सी एस२५ सिरिजलाई, प्रत्यक्ष रूपमा अनुभव गर्नसक्ने कम्पनीले जनाएको छ ।

सामसङ नेपालका निर्देशकप्रणय रत्न स्थापितलेसामसङ सधैँ उच्च–प्रदर्शनयुक्त उपकरणहरू प्रदान गर्दै मोबाइल गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्‍याउन प्रतिबद्ध रहेको बताएका छन् ।

स्न्यापड्रागन ८ एलिट प्रोसेसर, ६.९–इन्चको इमर्सिभ डिस्प्ले र १२०हर्ज रिफ्रेस रेटको साथ, यो स्मार्टफोन ती गेमरहरूका लागि डिजाइन गरिएको उनले बताए ।

क्वालकम इन्जिनियरहरूसँगको हाम्रो सहकार्यले डिभाइसको स्पीड र तापमान व्यवस्थापनलाई उत्कृष्ट बनाएको हुँदा खेलाडीले कठिन गेमप्लेका बेला कुनै अवरोध सामना नगर्ने उनले बताए ।

प्रतियोगितामा वाङ्देन शेर्पा, कुमा सागर जस्ता चर्चित कलाकारहरूको संगीतात्मक प्रस्तुति तथा फुड स्टलहरू, इन्टरएक्टिभ एक्सपिरियन्स जोनहरू र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू समेत समावेश छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro