site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टियागो–२०२५, एसयूभीमा नेक्सन के३ र कर्भ ईभी लन्च गर्दै छौँ, सबै लिडर हुने क्षमताका छन्

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले तीन नयाँ विद्युतीय सवारी (ईभी) सार्वजनिक गर्दै छ । यसअघि, नेक्सन, टियागो र पन्चलगायत ईभी बिक्री गर्दै आएको कम्पनीले थप तीन गाडी भित्र्याएको हो ।

कम्पनीले दुईवटा एसयूभी र एक ह्याचब्याक सार्वजनिक गर्न लागेको हो । जसमध्ये एउटा एसयूभी कुपे डिजाइनमा छ । कम्पनीले ल्याउन लागेको नयाँ गाडी, बजारको वर्तमान अवस्था र उपभोक्तालाई उपलब्ध गराइरहेको सेवाबारे सिप्रदी ट्रेडिङका जनरल म्यानेजर (महाप्रबन्धक) सावन्त जंग सिजापतिले बाह्रखरीसँग गरेको कुराकानीको सम्पादित अंश :

प्यासेन्जर भेहिकल सेग्मेन्टमा हाल ईभीको बजार कस्तो छ ?

अहिलेको बजार गत वर्षको तुलनामा राम्रो छ । खासगरी बैंकहरूमा तरलता हुँदा ब्याजदर पनि कम छ । त्यसले गर्दा अटोलोन, हायर पर्चेज लोन अर्फोडेबल हुँदा पनि बजार राम्रो दिशामा गइरहेको छ । व्यापारीहरूले चाहेको स्तरमा त पुगेको छैन, त्यसका लागि त दसैँतिहार नै कुर्नुपर्छ । तर, बजार सकारात्मक छ । हाम्रा लागि एक्साइटिङ नै छ । यसै बजारमा जसले आफ्नो राम्रो प्रोडक्ट र सर्भिस दिन्छ, त्यसले नै राम्रो गर्ने हो ।

बजारमा विभिन्न ब्रान्डको उपस्थिति छ, टाटाका प्रोडक्टको अवस्था के छ ?

पछिल्लो तीन वर्षमा नेपालमा जति पनि विद्युतीय सवारी (ईभी)को बुम भयो, यसमा टाटाले प्यासेन्जर सेग्मेन्टमा 'नम्बर वान ब्रान्ड'का रूपमा आफूलाई स्थापित गरिसकेको छ । यो वर्ष हामीले टियोगो, पन्च र एक्सप्रेस–टी गरी तीन प्रोडक्टबाट बजारमा राम्रो प्रतिस्पर्धा गरिरहेका छौँ ।

Sawanta-Jung-(4)-1740139623.jpg
नयाँ ल्याउन लागेको प्रोडक्ट के–के हुन् र कस्ता छन् ?

नेपाली बजार ईभी एसयूभीतिर ढल्किँदै गएसँगै हामीले दुईवटा नयाँ एसयूभी ल्याउँदै छौँ । आउँदो आइतबार हामीले दुई एसयूभीसहित तीन गाडी सार्वजनिक गर्दै छौँ ।

जसमा एउटा टियागो–२०२५ मोडल छ । दोस्रो फुल एसयूभी ४५ किलोवाटआवरको ब्याट्रीमा नेक्सन के३ आउँदै छ र तेस्रो कर्भ एसयूभी ५५ किलोवाटआवरको ब्याट्रीसहित सार्वजनिक हुँदै छ ।

यसरी हामी दुईवटा एसयूभी र एउटा ह्याचब्याकसहित तीन नयाँ गाडी लिएर मार्केटमा जाँदै छौँ ।

नयाँ टियागोमा के छ विशेषता ?

अहिलेको बजारमा हामी निकै उत्साहित छौँ । हामीले ल्याइरहेको तीन प्रोडक्ट एकदमै राम्रा छन् । टियागो नेपालमा सबैभन्दा धेरै बिक्री हुने ह्याचब्याक हो, बजारमा आफैँ पनि देखिन्छ । ईभी ह्याचब्याकमा टियागो सबैभन्दा धेरै बजार लिन सफल भएको छ ।

अहिले त्यसको अपग्रेडेड संस्करण ल्याउँदा बजारमा झन् उत्साह छ । हामीले गाडीमा ठूलो स्क्रिन, नयाँ ड्याबोर्ड, फ्रन्टमा नयाँ बम्परसहित नयाँ फिचर र विभिन्न सुविधा थपेका छौँ । तर, मूल्य पुरानै छ ।

हामीले ‘२०२४ को मूल्यमा २०२५ को मोडल’ भनेर उत्साहिजनक तरिकाले टियागो ल्याइरहेका छौँ । त्यसैले टियागोले राम्रो गर्नेमा हामी विश्वस्त छौँ ।

Sawanta-Jung-(1)-1740139623.jpg
ईभी एसयूभीमा अरू ब्रान्डको प्रतिस्पर्धा पनि बढ्दो छ, नेक्सन के३ र कर्भ एसयूभी कसरी फरक छ ?

मलाई लाग्छ, नेपालमा ईभीको लहर ल्याउन नेक्सन ईभीले ठूलो भूमिका खेलेको छ । एकदमै सफल र रुचाइएको नेक्सनको नयाँ प्रोडक्ट ४५ किलोवाटआवरको ब्याट्री र नयाँ फिचरसहित आउँदै छ । यसरी पानारोमिक सनरुफ, ठूलो स्क्रिन, ३६० डिग्री क्यामेरा एवं बाहिरी डिजाइन पनि फिचरस्टिक छ । त्यसैले नेक्सन के३ का लागि पनि हामी उत्साहित छौँ ।

कर्भ ईभी चाहिँ हामीले विश्व नै कुपे डिजाइनको एसयूभीमा सिफ्ट भइरहेका बेला नेपाली उपभोक्ताले पनि त्यो चढ्न पाऊन् भनेर लिएर आएका छौँ, त्यो पनि ५५ किलोवाटआवरको ब्याट्रीमा छ । ठूलो ब्याट्री प्याकमा आइरहेको यो गाडीको मूल्य हामी आइतबार नै सार्वजनिक गर्दै छौँ ।

एसयूभी कुपे सेग्मेन्टको पहिलो गाडी भएकाले कर्भमा सेग्मेन्टमै पहिलो विभिन्न फिरच छन् । सुरक्षामा यसले फाइभस्टार रेटिङ पाएको छ ।

नेपालमा कुपे डिजाइनका एक–दुई गाडी आए पनि मासरूपमा बिक्री गर्ने गरी ईभी ल्याउने हामी पहिलो हौँ । त्यसैले यी तीनवटै प्रोडक्ट आफ्नो सेग्मेन्टमा लिडर हुन सक्ने क्षमताका छन् ।

कुपे डिजाइन किन ?

कुपे डिजाइन अलिकति महँगो र लक्जरीसँग सम्बन्धित डिजाइन मानिन्छ । महँगो विदेशी गाडीमा हुने यो डिजाइनमा टाटाले मास गाडीमै ल्याएपछि भोलिगएर अरूले पनि यस्तो डिजाइन ल्याउन सक्ने सम्भावना हुन्छ ।

Sawanta-Jung-(2)-1740139622.jpg
उपभोक्तालाई के भन्न चाहनुहुन्छ ?

यी गाडीसँगै उपभोक्ताले पाउने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको टाटा एवं सिप्रदीको देश व्यापी सेल्स एवं सर्भिस नेटवर्क हो । हामीसँग आजको दिनमा देशभर ईभी डेटिकेटेड २० वटा सर्भिस सेन्टर छन्, जुन नेपाली बजारको तुलना गर्दा यो सबैभन्दा ठूलो हो । यी सबै ईभी रेडी हुन्, एउटा सोरुमलाई ईभी रेडी बनाउन लाग्ने सबै खर्च, उपकरणलगायत सबैमा छन् ।

हामीसँग देशभर ३० डीसी फास्ट चार्जिङ र १५० भन्दा बढी ७.२ किलोवाट क्षमताका एसी चार्जिङ स्टेसन छन् । यो सबै ईभी पूर्वाधारसँगै स्पेयर पार्टसलगायत सेवासुविधा हामीले हाम्रा उपभोक्ताका लागि तयार पारेका छौँ ।

यसबाहेक हामीले कर्भ, नयाँ नेक्सन र टियागोका लागि जनशक्तिलाई पनि ट्रेन गरिसकेका छौँ ।

०००

नयाँ आइरहेका तीनवटै गाडीको फिचर र क्षमता

१. टियागो २०२५

टियागो २०२५ को १९.२ किलोवाटआवरको ब्याट्री प्याकमा ४५ किलोवाटको मोटर छ । २४ किलोवाटआवरको ब्याट्रीसँग ४९.०१ किलोवाटको मोटर छ । टर्क ११० एनएम र ११४ एनएम छ । स्पोर्ट र सिटी गरी दुई ड्राइभ मोड रहेका गाडीले २५० र ३१० किलोमिटर रेन्ज दिन्छ ।

२. नेक्सन के३

४५ किलोवाटआवरको ब्याट्री रहेको नेक्सन के३ मा ९८ किलोवाटको मोटर छ । गाडीको अधिकतम पावर १३३.२ पीएस र टर्क २१५ एनएम छ । गाडीको रेन्ज ३२५ किलोमिटरभन्दा बढी रहेको टाटाले जनाएको छ । 

इको, सिटी र स्पोर्ट गरी तीन ड्राइभ मोड रहेको नेक्सन के३ को ग्राउन्ड क्लियरेन्स १९० एमएम छ । 

३. कर्भ ईभी

५५ किलोवाटआवरको ब्याट्री रहेको कर्भ ईभीको मोटर पावर १२३ किलोवाट छ । अधिकतम पावर १६७ पीएस रहेको गाडीको टर्क २१५ एनएम छ ।

१६० किलोमिटर प्रतिघण्टाको अधिकतम गति रहेको गाडीले करिब ५०० किलोमिटरसम्म रेन्ज दिने जनाइएको छ ।

५०० लिटर स्टोरेज क्षमता रहेको गाडीको ग्राउन्ड क्लियरेन्स १९३ एमएम छ । कुपे डिजाइनका गाडीमा स्लोपिङ छाना, ढोका र पछाडिका झ्याल लामो भएर स्ट्रिमलाइन्ड डिजाइन देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro