site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्याक्सीचालकको हत्या गरेर फरार अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनलाई बिहीबार पक्राउ गरेको हो । 

काभ्रेको साविक फोक्सिङटार गाविस–३ (हाल महाभारत गाउँपालिका–३ घट्टेका ३७ वर्षीय वीरमान सिं भुलन तामाङ पक्राउ परेका हुन् । उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद ठहर गरेको थियो । 

१६ वर्षअघि तामाङसहित चारजना मिलेर एक ट्याक्सीचालकको हत्या गरेका थिए । ०६६ मंसिर २६ गते राति १२ः३० माउनीहरूले बा१ज ९१४ नंका ट्याक्सी चालक काभ्रे महादेवटार ०९ (हाल रोशी गापा ४) लेम्बाबेसी घर भएका वर्ष मेघबहादुर तामाङलाई ठमेलबाट कोटेश्वर जानु छ भनी भक्तपुरको नरेफाँटमा लगेर घाँटीमा गलबन्दीले कसी खुट्टा बाँधी हत्या गरेका थिए । उनीहरू ट्याक्सीचालकसँग भएको नगद र मोबाइलसमेत लुटपाट गरी फरार भएका थिए ।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले निज प्रतिवादीलाई विशेष सूचनाका आधारमा ललितपुरको सुनाकोठीबाट हिजो बिहीबार पक्राउ गरेको हो । निजलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत भक्तपुर पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro