site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मणिपुरमा राष्ट्रपति शासन लागेपछि ७० जना पक्राउ, लुटेका हतियार बुझाउन अल्टिमेटम

नयाँदिल्ली । भारतको मणिपुरका गभर्नर अजयकुमार भल्लाले सबै समुदायका मानिसहरूलाई लुटिएको र अवैध रूपमा राखिएको हतियार तथा गोलाबारुद आगामी सात दिनभित्र बुझाउन अल्टिमेटम दिएका छन् ।

गभर्नरले बिहीबार एक विज्ञप्ति जारी गर्दै तोकिएको समयसीमाभित्र हतियार फिर्ता गर्ने कसैलाई पनि दण्डनीय कारबाही नगर्ने बताए । तर, सात दिनको म्याद सकिएपछि लुटपाट वा अवैध हातहतियार राख्नेलाई कडा कारबाही गरिने जनाएको छ ।

फेब्रुअरी ९ मा मुख्यमन्त्री एन वीरेन सिंहले राजीनामा दिएपछि राज्यमा राष्ट्रपति शासन लागु भएको थियो ।

मणिपुरका एक प्रहरी अधिकारीका अनुसार राष्ट्रपति शासनपछि  ७० भन्दा बढी पक्राउ परेका छन् । गभर्नर भल्लाले आफ्नो विज्ञप्तिमा भने, "विगत २० महिनादेखि शान्ति र साम्प्रदायिक सद्भावलाई असर गर्ने दुर्भाग्यपूर्ण घटनाका कारण मणिपुरको उपत्यका र पहाडी क्षेत्रका मानिसहरूले ठूलो कठिनाइको सामना गरिरहेका छन् ।"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  २३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro