site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेरो डान्स युनिभर्सको अस्ट्रेलिया छनोट आगामी आइतबार

सिड्नी । विदेशमा रहेको दोस्रो पुस्ताका नेपालीलाई मुलुकसँग जोड्ने र कलासंस्कृतिलाई बचाउने अभियानका रूपमा अघि सारिएको 'मेरो भ्वाइस र मेरो डान्स युनिभर्स'को अस्ट्रेलिया छनोट यही आउँदो आइतबार सिड्नीको ग्रानभिलमा आयोजना हुने भएको छ ।

एक करोड नगद पुरस्कार रहेको यो विश्वव्यापी प्रवासी नेपालीको सांस्कृतिक अभियानलाई अघि बढाउन सिड्नी आइपुगेका आयोजक नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन (इन्ट्रा)का पदाधिकारीले यसलाई विदेशमा रहेका नेपालीभाषीलाई मुलुकसँग जोड्ने एउटा सांस्कृतिक अभियानका रूपमा रहेको बताए ।

अमेरिकाका भुटानी मूलका नेपालीभाषी व्यवसायी डिल्ली अधिकारीको प्रयासबाट अगाडि बढेको यो अयिभानले यतिबेला करिब ६० देशमा छरिएर रहेका नेपाली मुलका कलाकारलाई समेटेर नेपालमा भव्य कार्यक्रमका साथ फाइनल चरणको आयोजना गर्दै आएको छ । 

यो डान्स तथा भ्वाइस युनिभर्सको दोस्रो संकरण हो । यसअघि सन २०२३मा पहिलो संस्करण भव्य रूपमा सम्पन्न भएको थियो ।

यसपटक मेरो भ्वाइसका लागि गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, शिव परियार र पुष्पन प्रधान तथा अन्जु पन्तले निर्णायक (जज)को भूमिका निर्वाह गर्दै छन् भने नृत्य विधामा मिथिला शर्मा, दिलीप रायमाझी, शिल्पा मास्के, शंकर बिसी, कविराज गहतराज र किरण थापा निर्णायकको भूमिकामा देखिने भएका छन् । 

‘‘संसारभर छरिएर रहेका नेपालीभाषीलाई एउटै सूत्रमा जोड्न सकियोस्, प्रवासी नेपालीको साझा चौतारी बनोस् र सबैलाई नेपालसँग जोड्न सकियोस् भन्ने यसको मूल उद्देश्य हो,’’ आयोजक संस्थाका कार्यकारी निर्देशक चूडामणि भट्टराईले बताए ।

‘‘हामीले विदेसिँदै गर्दा हाम्रो भेषभूषा र कला संस्कृति जोगाउन सकेनौँ भने हाम्रो नया पुस्ता नेपालसँग जोडिन सक्दैनन् र अर्को कुरा संसारभर छरिएर रहेका नेपालीभाषीलाई नेपालसँग जोड्ने र अपनत्व कायम गर्ने काम पनि यसले गरेको भट्टराईको कथन छ ।

संस्थाका सांस्कृतिक विभागका प्रमुख ओम गुरुङले शरणार्थी हुनुको पीडाबीच आफनो बाउबाजेको देश खोज्ने अभियानका रूपमा पनि यो सांस्कृतिक महोत्सव स्थापित भएको बताए । 

‘‘पैसाले सबै चिज किन्न पाइँदैन अनि सुख सुविधाबीच पनि आफ्नो मातृभूमिको प्रेम र पुर्खाको थातथलोसँगको सम्बन्ध हराउँदैन रहेछ,’’ उनले भने, ‘‘त्यसैले पनि हामी भुटानी भए पनि नेपालीभाषी भुटानी भनेर चिनिन्छौँ, यही नै महत्त्वपूर्ण विषय हो ।’’ 

पीएनओका उपाध्यक्ष समेत रहेका गुरुङले यो सांस्कृतिक अभियान सबै नेपालीभाषीका लागि एउटा उत्सव बन्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा अस्ट्रेलिया संयोजक निक शर्माले केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीको विज्ञप्ति पढेर सुनाएका थिए । यस्तै कार्यक्रममा अस्ट्रेलियाका निर्णायक विजय थापा, एनआरएका पूर्वअध्यक्ष नन्द गुरुङलगायतले कार्यक्रमको महत्त्वबारे प्रकाश पारेका थिए । 

कार्यक्रममा अस्ट्रेलियाभरबाट करिब चार दर्जन कलाकार छनोट भएको र उनीहरूको अडिसन सिड्नीमा आइतबार हुने भएको छ । 

यसअघि युरोपको लन्डन र पोर्चुगलमा समेत यसको कलाकार छनोट कार्यक्रम सम्पन्न भइसकेको छ । कार्यक्रममा युवा अयिभन्ताहरू भीम बस्नेत, इथान शाक्य, सुनिल विष्टलगायतको उपस्थिति रहेको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro