site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधानसभा सदस्य सापकोटाको निधन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं संविधानसभा सदस्य विदुरप्रसाद सापकोटालाई अन्तिम श्रद्धाञ्जलीका निम्ति पार्टी केन्द्रीय कार्यालय आलोनगरमा राखिएको छ । बिहीबार (फागुन ८) बिहान निधन भएका सापकोटाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका निम्ति त्यहाँ राखिएको हो ।

उनलाई अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालसहित नेता–कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय पुगेका थिए । उपचारका क्रममा उनको निधन भएको हो ।

५९ वर्षीय सापकोटा ०७० सालको दोस्रो संविधानसभा चुनावमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर–४ बाट विजयी भएका थिए । निधनप्रति दुःख प्रकट गर्दै पार्टीले उनको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेको छ ।

सापकोटाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अध्यक्ष नेपालले सम्मान व्यक्त गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro