site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रकृतिको मृत्युपछिको विकसित परिस्थितिलाई ‘फलोअप’ गरिरहेका छौँ  ः परराष्ट्रमन्त्री राणा
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई निरन्तर ‘फलोअप’ गरिरहेको बताएकी छन् । ओमनको मस्कटमा रहेकी परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उक्त कुरा बताएकी हुन् ।
 
“भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई हामीले निरन्तररूपमा फलोअप गरिरहेका छौँ,” परराष्ट्रमन्त्री राणाले भनेकी छन् ।

नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउन नयाँदिल्लीस्थित नेपाली दूताबासबाट नेपाल प्रहरीका दुइजना बरिष्ठ अधिकारीलाई मंगलबार बिहान विश्वविद्यालय पुगेको उनले बताएकी छन् ।
  
“मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु,” उनले  भनेकी छन् ।
 
यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली दूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका उनले बताएकी छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro