site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालको कठिन जितमा विमला निर्णायक

काठमाडौं । विमला चौधरीको निर्णायक गोलप्रेरित नेपालले घरेलु मैदानमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा कीर्गिस्तानविरुद्ध १–० को कठिन जित निकालेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई अंक दिलाउन विमला चौधरी निर्णायक बनिन् । विमलाले १०औँ मिनेटमा हेडर गोल गर्दै घरेलु समर्थकमाझ आफ्नो टोलीलाई अग्रतामा राखेकी थिइन् । राइट साइडबाट सविता रानामगरले निकालेको क्रसमा बक्सभित्र अनमार्क रहेकी विमलाले सहजै हेडर गोल गरिन् ।

त्यसअघि पहिलो हाफको इन्जुरी समयमा नेपालको प्रहार दुई पटक पोस्टमा लागेर फर्किदा नेपालले अग्रता दोब्बर बनाउन सकेन । खेलको अधिकांश समय बलमाथि नियन्त्रण बनाएको नेपालले करिब आधा दर्जन गोलका अवसरको सदुपयोग गर्न सकेन ।

जितसँगै तीन अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक जोडे पनि म्यानमार गोलआधारमा नेपालभन्दा माथि छ । आजदेखि सुरु भएको प्रतियोगितामा नेपाल र कीर्गिस्तानसँगै म्यानमार र लेबनानको सहभागिता छ । यसअघि आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानविरुद्ध ३–१ को जित निकालेको थियो ।

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro