site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुप्रिम हेल्थकेयरको एन्टिफंगल औषधि बिक्रीमा रोक 

काठमाडौं । औषधि व्यवस्था विभागले सुप्रिम हेल्थकेयर प्रालि बाराद्वारा उत्पादित एक औषधि बिक्रीमा रोक लगाएको छ । विभागले उक्त कम्पनीको ‘सुपरजोल १००’ नामक इन्ट्राकोनाजोल नामक एन्टिफंगल औषधिको एक ब्याचलाई रोक लगाएको हो ।
 
उक्त औषधिको ब्याच नम्बर एसयूसी.२३००६ राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । यो औषधि घाँटी तथा फोक्सोको विभिन्नखाले संक्रमणको उपचारमा प्रयोग हुने गरेको छ ।

खराबी देखिएको ब्याचको औषधि बिक्री नगर्न तथा बजारबाट फिर्ता ल्याइ सो को विवरण बुझाउन विभागले उत्पादक कम्पनीहरूलाई निर्देशन दिएको छ । 

उक्त ब्याचकोे औषधि सिफारिस र प्रयोगसमेत नगर्न विभागले आग्रह गरेको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro