site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस सभापति देउवा कुम्भ मेलामा सहभागी हुन भारत जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन त्यसतर्फ जाने भएका छन् ।  देउवा पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त खुलासा गरेकी हुन् । 

ओमनको मस्कटमा रहेकी परराष्ट्रमन्त्री राणालाई भारतीय मिडियाले ‘कुम्भ मेला भ्रमण गर्ने योजना छ ?’ भनी सोधेको प्रश्नमा उनले उक्त जवाफ दिएकी हुन् । 

“मेरो परिवारका सबै जना गएका छन्, मेरो श्रीमान् चाँडै जाँदै हुनुहुन्छ,” परराष्ट्रमन्त्री राणाले भनिन् ।  आफ्नो कार्यव्यस्तताले गर्दा कुम्भ मेलामा सहभागी हुन नसकेको पनि उनले बताएकी छन् ।  “हेरौं, निकट भविष्यमा हुन सक्छ, म जाने आशा गर्छु । मेरो श्रीमान् चाँडै जाने योजनामा हुनुहुन्छ,” उनले भनेकी छन् । 

परराष्ट्रमन्त्री राणा हिन्द महासागर सम्मेलनमा सहभागी हुन गत शुक्रबार ओमानको मस्कट पुगेकी हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro