site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी प्रदेशले संघीयताले विकास गर्छ भन्ने देखाएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशले संघीयताले विकास गर्न सक्छ भन्ने देखाएको बताएका छन् । लुम्बिनी प्रदेशसभामा सोमबार विशेष सम्बोधन गर्दै उनले संघीयतामाथि प्रश्न उठिरहेका बेला विकास गरेर देखाएको बताए । 
 
“संघीयता फाप्ला कि नफाप्ला, संघीयताले उपलब्धी देला कि नदेला, संघीयता काम लाग्ला कि नलाग्ला भन्ने अनेक प्रश्न भइरहेका बेला यो प्रदेशले संघीतयाले विकास गर्न सक्छ भन्ने देखाएको छ,” उनले भने ।
 
ओलीले राजधानी कसरी निर्माण गर्न सकिन्छ, सभाहलमा कसरी सभा गर्न सकिन्छ भन्ने लुम्बिनी प्रदेशले देखाएको बताए । 
 
आफ्नै मुख्यमन्त्री, सभामुख, मन्त्रीको कार्यालयलगायत संचरना निर्माण गर्न कसरी सकिन्छ भन्ने पनि देखाएको उनले बताए ।
 
कसैले कल्पना नगरेको ठाउँमा राजधानी स्थापना भएको उनको भनाइ छ । प्रदेशसभा राजधानी बनाउन मात्रै केन्द्रित नभएको बताए । यातायात, अन्तर्राष्ट्रिय विमानस्थल भव्य ढंगले बनाएको बताए । पुल र चौडा बाटो बनेको प्रधानमन्त्रीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro