site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखराको वायु खतराको तहमा, आठ सहर अस्वस्थकर 
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो चौबीस घण्टामा कास्कीको पोखराको वायु सर्वाधिक प्रदूषित बनेको छ । वातावरण विभागका अनुसार, पछिल्लो चौबीस घण्टामा पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) ४३५ पुगेको थियो ।
 
सो अवधिमा पोखरामा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा ४७६.१ र पीएम १० को मात्रा ९५२.५ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।
 
सोमबार दिउँसो काठमाडौं उपत्यकाका पाँच स्थानसहित देशभरका नौ सहर  अस्वस्थकर छन् । उपत्यकाका रत्नपार्क, शंखपार्क, खुमलटार, भैँसेपाटी, रत्नपार्क र भैँसेपाटीको एक्यूआई १५० देखि १७१ सम्म छ ।
 
उपत्यका बाहिर काभ्रेको धुलिखेल, चितवनको भरतपुर र कैलालीको धनगढीको एक्यूआई पनि १५० भन्दा माथि छ । स्वास्थ्यका दृष्टिकोणले यी आठ सहर अस्वस्थकरको सूचीमा छन् ।
 
वायुको गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । त्योभन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro