site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ
प्रतीकात्मक तस्बिर ।

वाग्मती । सवारी दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनामा ७० हजार ३३१ सवारी साधनमाथि कारबाही गरेको छ । 

कारबाहीबाट पाँच करोड ९१ लाख ८९ हजार १३ रुपैयाँ राजस्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए । 

पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सीसीटीभी र राडर गनबाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ७० हजार ३३१ सवारी साधनमाथि कारबाही गरिएको प्रहरी नायब उपरीक्षक खाँणले बताए । 

यस्तै सो अवधिमा वाग्मती प्रदेशको १० वटा जिल्लामा भएको एक हजार २५६ सवारी दुर्घटनामा १७० जनाको मृत्यु भएको छ । ४६३ जना घाइते भएको सो कार्यालयले जनाएको छ । 

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिना हेलमेट र तीनजना सवार भएर मोटरसाइकल चलाउने प्रवृति बढेकाले राजमार्ग तथा अन्य सहायक मार्गमासमेत सवारी जाँचमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक खाँणले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro