site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौसममा बिहीबारसम्म बदली हुने, काठमाडौंमा आज दिनभर बादल
फाइल तस्बिर ।

काठमाडौं । देशका अधिकांश स्थानमा सोमबार (फागुन ५) मौसम बदली (आकाशमा बादल) भएको छ । गएको शनिबारयता केही स्थानमा बादल, वर्षा र हिमपात भएको छ । आउँदो बिहीबारसम्म यस्तै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशमा बादल, वर्षा र हिमपातको सम्भावना छ । आज मधेसबाहेक अरू प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

“तराई भूभाग भएका प्रदेशबाहेक अरू प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ,” उनले बाह्रखरीसित भनिन् ।

यस दिन वर्षाको पनि सम्भावना छ । तराई (मधेस)बाहेक देशका सबै पहाडी भूभागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको उनले बताइन् । “तराईबाहेक सबै प्रदेशका पहाडी भूभागका एक/दुई, एक/दुई स्थानमा छिटपुट/हल्का वर्षाको सम्भावना छ,” उनले भनिन् ।

हिमपात हुने उच्च पहाडी वा हिमालीभन्दा तल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेको उनले प्रस्ट पारिन् । बादल भने देशभरि नै लाग्ने उनले जानकारी दिइन् । “दिनभर बादलको सम्भावना छ,” उनले भनिन्, “राम्रोसित घाम लाग्दैन ।”

सोमबार काठमाडौंमा पनि दिनभर बदलीको सम्भावना छ । काठमाडौंमा वर्षाको खासै सम्भावना नरहेको उनले बताइन् । यहाँ पनि घामको सम्भावना कमै छ । “घाम एकदमै लाग्ने, चरक्क घाम लाग्ने अवस्था छैन,” उनले भनिन्, “बदली नै हुने अवस्था छ ।”

यो मौसममा भोलि, पर्सि र आउँदो बिहीबारसम्मै खासै सुधारको अवस्था नरहेको उनले बताइन् । तर, प्रणाली धेरै मजबुत नभएकाले उल्लेख्य वर्षा र हिमपात नहुने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro