site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छुवाछुतको विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले छुवाछुतको विषय हेर्न विशेष प्रहरी डेस्क बनाउने बताएका छन् । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेदलागायत विषयमा तयार पारेको ज्ञापनपत्र बुझ्दै लेखकले जातीय विभेद निर्मुल पार्न सरकार लागिपरेको बताए । 

“प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क बनाउँछु । ७७ जिल्लामै डेस्क बनाउन भन्छु,” उनले भने । 

उनले संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चितता हुनेगरी राख्नुपर्छ भनेर आफैँले भनेको स्मरण गरे । “त्यहीअनुसार सबै राजनीतिक दलबीच सहमति भएको हो,” उनले भने, “जातीय विभेदलाई निर्मुल हुनुपर्छ भनेर म लागिपरेको छु ।” 

आफू गृहमन्त्री भएपछि नेपाल प्रहरीमा दलित समुदायबाट डम्बर विश्वकर्मा डीआईजी भएको बताए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro