प्रविधि

काठमाडौं । अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी पर्प्लेक्सिटीले ‘डिप रिसर्च’ उपकरण सार्वजनिक गरेको छ ।
गुगलले यसअघि गएको डिसेम्बरमा जेमिनीका निम्ति पनि डिप रिसर्च टुल सार्वजनिक गरेको थियो । यस्तै, ओपनएआईले यस महिनाको सुरुमा डिप रिसर्च सार्वजनिक गरेको थियो ।
चिनियाँ एआई डिपसिकले विश्वभर चर्चा पाएका बेला डिप रिसर्च सार्वजनिक गर्ने पर्प्लेक्सिटी पछिल्लो अमेरिकी कम्पनी हो । पर्प्लेक्सिटीको डिप रिसर्चले प्रयोगकर्ताका निम्ति साइटेसनसहितका प्रोफेसनल जवाफ दिने बताइएको छ ।
हाल वेबमा मात्र उपलब्ध यो उपकरण चाँडै म्याक, आईओएस र एन्ड्रोइड एपमा थपिने कम्पनीले ब्लगपोस्टमा उल्लेख गरेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१ १०:४४
प्रतिक्रिया दिनुहोस्