site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
शनिबार रिहा हुने इजरायली बन्धकहरूको नाम सार्वजनिक भएपछि ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले शनिबारसम्म गाजामा राखिएका सबै बन्धकलाई रिहा नगरे युद्धविराम अन्त्य गर्नुपर्ने चेतावनी दिएका छन् । 

हमासले प्यालेस्टिनी कैदीहरूको बदलामा शनिबार रिहा गरिने तीन इजरायली बन्धकहरूको नाम सार्वजनिक गरेको छ । यो सूची सार्वजनिक भएपछि ट्रम्पले भने, “भोलि १२ बजे के हुनेछ, मलाई थाहा छैन । तर, म धेरै कडा अडान लिनेछु । इजरायलले के गर्नेछ, त्यसमा भर पर्नेछ ।” 

आफूले कस्तो निर्णय लिने त्यो बेन्जामिन नेतन्याहूले के गर्ने काममा भरपर्ने ट्रम्पको भनाइ छ । 

ट्रम्पले हमास पूर्णरूपमा परिवर्तन भएको आफूले अपेक्षा गरेको बताएका छन् । 

यसअघि हमासले इजरायलमाथि युद्धविरामका सर्तहरू उल्लंघन गरेको आरोप लगाएको थियो । बन्धकहरूको रिहाइमा रोक लगाएको बताएको थियो । 

हमासको यो भनाइपछि अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायलले कडा चेतावनी दिएका थिए । ट्रम्पले शनिबारसम्म गाजामा राखिएका सबै बन्धकहरूलाई रिहा नभए भने युद्धविराम अन्त्य गर्नुपर्ने बताएका थिए । 

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा अर्को युद्धको चेतावनी दिएका छन् । बीबीसी
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro