site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तीन वर्षअघि ऋषभ पन्तको ज्यान जोगाउने व्यक्ति जीवन र मृत्युको लडाइँ लड्दै !

काठमाडौं । क्रिकेटर ऋषभ पन्तलाई २०२२ मा सडक दुर्घटनामा सहयोग गर्ने मुजफ्फरनगरका रजत अहिले आफैँ गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् । प्रहरीका अनुसार रजत र उनकी प्रेमिका भनिएकी युवतीले सँगै विष सेवन गरेका थिए । विष सेवनबाट युवतीको मृत्यु भएको छ भने रजतको अवस्था स्थिर रहेको छ ।

रजत र उनको परिवारले युवतीलाई अपहरण गरी हत्या गरेको युवतीका परिवारले आरोप लगाएका छन् । तर, रजतको परिवारले यो कुरा अस्वीकार गर्दै आएका छन् । दुवैले विष सेवन गर्नुअघि एउटा भिडियो बनाएको परिवारको भनाइ छ, जसमा उनीहरू सँगै बाँच्ने र मर्ने कुरा गरेको देखिन्छ ।

भएको घटना के हो ?

Dabur Nepal
NIC Asia

फेब्रुअरी ११ मा मुजफ्फरनगरको पुर्काजी थाना क्षेत्रमा एक जोडीले विष सेवन गरेको जानकारी प्रहरीले पाएको थियो । 

यस घटनामा शकरपुर गाउँ मजरा बुच्चा बस्तीकी युवतीको मृत्यु भएको पुर्काजी थानाका इन्चार्ज जयवीर सिंहले बताए । उनले भने,‘‘ शव पोस्टमार्टमका लागि पठाइएको छ । रजतको अवस्था स्थिर छ । पोस्टमार्टम रिपोर्ट र भिसेरा अनुसन्धानका आधारमा थप कारबाही गरिनेछ ।”

यद्यपि मृतकका परिवारबाट कुनै औपचारिक उजुरी नआएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक राजु कुमारले भने, ‘आत्महत्याको घटना हो, दुवैले एकअर्कालाई माया गरेको गाउँलेहरूले बताएका छन्।’

करिब चार सय पचासजनाको जनसंख्या रहेको रजत गाउँमा अनुसूचित जाति, कश्यप, सैनी, कुम्हारलगायत अन्य जातजातिका मानिस बस्छन्।

यस घटनाबारे कुरा गर्दै गाउँपालिकाका प्रमुख गोपाल सिंहले भने, ‘‘दुवैको परिवारले फरक–फरक ठाउँमा विवाह तय गरेको थियो । तर, यी दुईबीचको प्रेम सम्बन्धको चर्चा गाउँमा छ । दुवै एक–अर्कासँग बिहे गर्न चाहन्थे । तर, उनीहरू एउटै गाउँका र फरक समुदायका थिए । त्यसैले उनीहरूको विवाह गराउन दुवैका परिवार राजी थिएनन् । मृत्यु भएकी युवतीको ११ फेब्रुअरीमा नै अन्त्येष्टि गरिएको थियो । 

स्थानीय चिनी मिलमा काम गर्ने रजत २०२२ को डिसेम्बर ३० मा भारतीय क्रिकेटर ऋषभ पन्तको कार पुरकाजीको उत्तराखण्ड सीमा नजिकै दुर्घटनामा परेपछि चर्चामा आएका थिए ।

त्यसबेला रजत र उनका साथी निशुले पन्तलाई कारबाट बाहिर निकालेर उनको ज्यान बचाएका थिए । त्यसपछि दुवै युवालाई धेरै नेताहरूले सम्मान गरेका थिए । रजतका भाइ ओमकुमारले भने कि ऋषभ पन्तले पनि उनलाई स्कुटी उपहारमा दिएका थिए ।

ऋषभ पन्तले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट लेख्दै दुवै युवाप्रति कृतज्ञता व्यक्त गरेका थिए । उनले लेखेका थिए,‘ ‘दुर्घटनाको समयमा मलाई सहयोग गर्ने र म सकुशल अस्पताल पुग्ने कुरा सुनिश्चित गर्ने यी दुई नायकहरूप्रति कृतज्ञता व्यक्त गर्नैपर्छ । रजत कुमार र निशु कुमार, धन्यवाद। म तपाईंंहरूप्रति सधैँ आभारी र ऋणी रहनेछु ।’’

त्यो दिनको सम्झना गर्दै निशु भन्छन्, ‘‘त्यो दिन कसरी बिर्सन सक्छौँ ? रजत र मैले गाडी दुर्घटनामा परेको देखेपछि हामी तुरुन्तै त्यहाँ सहयोग गर्न दौडियौँ । कारमा को थिए भन्ने हामीलाई थाहा थिएन तर हामीले मानवतालाई ध्यानमा राखेर यो सबै गर्‍यौँ भनेर पछि थाहा भयो कि हामीले महान् क्रिकेटर ऋषभ पन्तको जीवन बचाउन मद्दत गरेका थियौँ।’’

अहिले रजत अस्पतालमा छन् र प्रहरीले हाल घटनाको अनुसन्धान गरिरहेको छ र पोस्टमार्टम रिपोर्टको प्रतीक्षा छ। मृतकका परिवारबाट औपचारिक उजुरी आएमा अनुसन्धानको दायरा बढ्न सक्ने प्रहरीले जनाएको छ । बीबीसी हिन्दीबाट

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २१:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro