site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोप्य भिडियो खिच्ने दक्षिण कोरियाली फुटबल खेलाडीलाई सजाय

काठमाडौं । दक्षिण कोरियाली एक फुटबल खेलाडीलाई अदालतले आफ्नी महिला पार्टनरसँग यौनसम्पर्क गरिरहेको गोप्य रूपमा भिडियो खिचेकोमा दोषी ठहर गरेको छ । अदालतले फुटबल खेलाडी ह्वाङ उइ–जोलाई एक वर्षको निलम्बित जेल सजाय सुनाइएको हो ।

३२ वर्षीय नटिंघम फरेस्टका पूर्वस्ट्राइकर ह्वाङ टर्किस क्लब अलान्यास्पोरबाट खेल्छन् । उनी दक्षिण कोरियाली राष्ट्रिय टोलीबाट पनि खेल्छन्, तर आरोपका कारण २०२३ मा उनलाई टोलीबाट निकालिएको थियो ।

“समाजमा गैरकानुनी छायांकनले समाजमा पार्ने गम्भीर प्रभावलाई ध्यानमा राख्दै, ह्वाङलाई कडा सजाय दिनुपर्छ,” सियोल अदालतले भनेको छ ।

ह्वाङले पश्चाताप गरेको र भिडियोहरू तेस्रो पक्षले सामाजिक सञ्जालमा पोस्ट गरेका कारण उनलाई सजाय तोकिदा केही उदारता अपनाइएको अदालतले जनाएको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro