site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिशहोमको 'समर स्पिड' अफर सार्वजनिक, नयाँ र रिचार्ज गर्नेलाई तीन महिना बोनस

काठमाडौं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै 'समर स्पिड' अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत एकसय एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएसका वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप तीन महिना बोनसको सुविधा उपलब्ध छन् ।

यससँगै ग्राहकहरूले डिशहोम इन्टरनेट वार्षिक जडानमा निःशुल्क फाईभ–जी राउटर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

डिशहोम इन्टरनेटको एकसय एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याटसहितको) मूल्य आठ हजार ५०० रुपैयाँ छ ।

यस्तै, २०० एमबीपीएस वार्षिक जडान (राउटर तथा भ्याटसहितको) मूल्य ११ हजार ५०० र ३०० एमबीपीएस वार्षिक जडान (राउटर तथा भ्याटसहितको) १३ हजार ५०० तोकिएको छ ।

यो अफर नयाँ र पुराना ग्राहकहरूको लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यस अफरको फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro