site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिड्नीमा चलचित्र 'पीआर'को शुभ मुहूर्त

सिड्नी । नयाँ कलाकार र पुराना निर्देशकको मिश्रणमा अस्ट्रेलियाका समुदायका अगुवाहरूको लगानीमा चलचित्र बन्ने भएको छ ।

चलचित्र 'पीआर' अर्थात् परमानेन्ट रेसिडेन्टको सिड्नीमा एक भव्य समारोहबीच शुभ मुहूर्त गरिएको छ ।

सलोन–सलिना फिल्मस्को ब्यानरमा निर्देशक शोभित बस्नेतले अस्ट्रेलियामा रहेका युवा कलाकार समेटेर पीआर चलचित्र निर्देशन गर्न लागेका हुन् ।

पुराना चलचित्र निर्माता तथा एनआरएनका क्षेत्रीय संयोजक दिनेश पोखरेलले नरिवल फुटाएर र थारु समाजका अगुवा दीपनारायण चौधरीले क्ल्याप गर्दै चलचित्रको शुभारम्भ गरिएको थियो ।

रन्जित शाहको प्रस्तुतिका रूपमा रहेको चलचित्रका निर्माताहरूमा प्रदीप दाहाल, लक्ष्मण सापकोटा तथा कार्यकारी निर्मातामा गणेश केसी रहेका छन् । अस्ट्रेलियाको नेपाली समाजका अगुवाका रूपमा रहेको रन्जित शाहले यहाँको नेपाली समाजको ऐनाको रूपमा चलचित्र पीआर रहने विश्वास व्यक्त गरे ।

एउटा विद्यार्थी भएर आउँदैगर्दा उसले स्थायित्वको लागि गर्ने संघर्षको कथा हो पीआर । त्यसैले पनि हरेक विदेशीने नेपालीको कथा व्यथा गााँसेर यो चलचित्र निर्माण हुँदैछ, शाहले शुभ मुहूर्तमा चलचित्रको मुख्य विषयवस्तुबारे प्रकाश पारे ।

कार्यक्रममा निर्देशक शोभित बस्नेतले कलाकार नयाँ भए पनि अस्ट्रेलियाका हावापानी र कथामा खारिएका अनुभवी युवा भएकोले चलचित्र प्रवासी नेपालीको धड्कन बन्ने बताए ।

फिल्ममा सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, महेश प्रसाईं, कृष्ण थापा, नवीन घायल तथा भीम बस्नेतको अभिनय रहने छ ।

फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ । निर्देशक बस्नेतले फिल्मको प्राय छायांकन अस्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro