site stats
बाह्रखरी :: Baahrakhari
देश
अझै बन्द भएन मेलम्ची खानेपानीको स्रोत, सरकारी कार्यालयमा थप क्षतिको सम्भावना

काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुटेपछि बबरमहलस्थित सडक र कार्यालयहरू जलमग्न भएका छन् । बुधबार दिउँसो बबरमहलस्थित विशेष अदालत र वन परिसरको गेट अगाडि पाइप फुटेको हो ।

जसका कारण जिल्ला अदालतको दोस्रो भवन, विशेष अदालतको प्रशासनिक भवन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको भवन तथा वन विभागको पुरानो भवनको भुँइतला जलमग्न भएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वन विभागका महानिर्देशक बद्री ढुंगानाका अनुसार, काठमाडौं उपत्यका खानेपानी विकास समितिले अझै पानीको स्रोत बन्द गरेको छैन । जसले क्षतिको सम्भावना बढेको उनको भनाइ छ ।

“हामीले उपलब्ध नम्बरहरू सबैमा फोन गर्‍यौँ कुनै पनि नम्बरबाट रेस्पोन्स पाएका छैनौँ,” महानिर्देशक ढुंगानाले बाह्रखरीसँग भने, “यहाँ ड्रेनेज (निकास)को पनि कुनै व्यवस्था नभएकाले पछाडिपट्टिको वाल (पर्खाल) प्वाँल पारेर ड्रेनेज गराएका छौँ ।”

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्