site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आमसञ्चार विधेयक सहमतिमै पारित हुन्छ : मुख्यमन्त्री 

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आमसञ्चार विधेयकमा कमजोरीहरू भए सच्याएर अघि बढ्ने बताएका छन् । यो विधेयकमाथि सभामा सैद्धान्तिक छलफल जारी छ ।

मुख्यमन्त्री कार्कीले बिहीबार प्रेस चौतारी कोसी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा विधेयक सहमतिमै पारित हुने बताए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, “विधेयकमाथि पर्याप्त छलफल हुनेछ । कमजोरी भए सच्याएर अघि बढ्नेछौँ ।”

कार्कीले संघीय सरकारले ल्याएको अध्यादेशको विषयमा अनावश्यक बखेडा झिक्न खोजिएको जिकिर गरे ।‌ उनले भने, “सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरुले पनि विरोध गरिरहेको सुनिन्छ । तर, अध्यादेश संवैधानिक हो । सदनबाट पारित नभए खारेज हुन्छ । तर, अध्यादेश ल्याउन नपाउने भन्ने हुँदैन ।”

यसअघिका सरकार र प्रदेश सरकारले पनि अध्यादेश ल्याउने गरेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा सरकार चलाउनेहरुले अनावश्यक रुपमा विधेयकहरूको विरोध गर्न नहुने बताए ।  

प्रदेश सरकारले २९ वटा पालिका जोड्ने गरी चारवटा पदमार्ग निर्माणको काम दातृ निकायसँगको सहकार्यमा सुरु गरेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्