site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२० हजार मेगावाट आयोजनाको भविष्य अन्योल भएपछि ‘लबिइङ’मा इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सर्वोच्च अदालतको एक फैसला पुनरवलोकनका निम्ति ‘लबिइङ’ थालेको छ ।

सर्वोच्चको उक्त फैसलाले २० हजार मेगावाटबराबरका जलविद्युत् आयोजना प्रत्यक्ष प्रभावित भएको इप्पानले जनाएको छ । उक्त फैसला पुनरवलोकन नगरे नेपालमा जलविद्युत् आयोजना मात्र नभएर अब सबै किसिमको विकास निर्माण ठप्प हुने इप्पानको जिकिर छ ।

सोमबार (माघ २८) इप्पान पदाधिकारीले सत्तारूढ नेकपा (एमाले) र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतकलाई भेट्दै फैसला पुनर्विचारका निम्ति पहल गर्न जोड दिए । राष्ट्रिय निकुञ्ज र विभिन्न संरक्षण क्षेत्रभित्र पनि जलविद्युत् आयोजना विकास गर्ने वातावरण बनाउन उनीहरूले आग्रह गरेका हुन् ।

इप्पान पदाधिकारीले यसघि यसै विषयमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतकसँग भेटेर फैसला पुनरवलोकनका निम्ति पहलको माग गरिसकेका छन् ।

सर्वोच्चको संवैधानिक इजलासले गरेको उक्त फैसलाका कारण विभिन्न वन क्षेत्रमा भौतिक संरचना निर्माण गर्न नपाउने अवस्था सिर्जना भएको भन्दै सरकारका तर्फबाट समेत त्यसको आलोचना भइरहेको छ ।

इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले फैसला पुनरवलोकन नभए नेपालमा थप एउटा पनि जलविद्युत् आयोजना नबन्ने अवस्था आउने जिकिर गरे । प्रसारणलाइन कुनै न कुनै संरक्षण क्षेत्रमै पर्ने र त्यो बनाउन नपाए निर्माणाधीन आयोजनाकै बिजुली पनि प्रवाह नहुने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro