site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अरब राष्ट्रहरूलाई ट्रम्पको चेतावनी– प्यालेस्टिनीहरूलाई अस्वीकार गरे ‍सहायता रोक्छु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई अस्वीकार गर्ने देशहरूलाई अमेरिकी सहायता रोक्ने चेतावनी दिएका छन् । “यदि ती देशहरूले प्यालेस्टिनीहरूलाई स्थान दिएनन् भने म उनीहरूको सहयोग बन्द गर्नेछु,” राष्ट्रपति ट्रम्पले भनेका छन् ।

जोर्डनका राजा अब्दुल्लाह द्वितीय वासिङ्टन डीसी पुगेका छन् । उनले मंगलबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्दै छन् ।

यसैबीच, एक पत्रकारले ओभल अफिसमा राष्ट्रपति ट्रम्पलाई ‘राजा अब्दुल्लाहलाई थप प्यालेस्टिनीहरूलाई स्वीकार गर्न कसरी मनाउनुहुन्छ ?’  भनी प्रश्न गरेका थिए ।

जवाफमा राष्ट्रपति ट्रम्पले भने, “मलाई लाग्छ कि उनी (राजा अब्दुल्लाह) सहमत हुनेछन् र मलाई लाग्छ अन्य देशहरू पनि यसमा सहमत हुनेछन् । उनीहरू सबै उदार स्वभावका छन् ।”

राष्ट्रपति ट्रम्पले फेब्रुअरी ४ मा गाजा पट्टीमा अमेरिकी नियन्त्रणको प्रस्ताव गरेका थिए । उनले गाजा पट्टीमा अमेरिकाले काम गर्ने बताएका थिए ।

यसअघि, ट्रम्पले प्यालेस्टिनीहरू इजिप्ट र जोर्डनमा स्थायीरूपमा बसोबास गर्नुपर्ने पनि बताएका थिए । यद्यपि, जोर्डनलगायत त्यस क्षेत्रका अन्य देशहरूले ट्रम्पको सुझावमा आपत्ति जनाएका थिए ।

‘यदि जोर्डन र इजिप्टले प्यालेस्टिनीहरूलाई गाजाबाट आफ्नो देश लैजान सहमत नभए के उनीहरूलाई दिइने सहयोग रोकिनेछ ?’ भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, “हो, यो सम्भव हुन सक्छ, किन नहुने ? यदि तिनीहरूले त्यसो गरेनन् भने, म सहायता रोक्नेछु ।”

बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro