site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शंखपार्कको वायु ‘खतरनाक’ तहमा, पाँच सहर ‘अस्वस्थकर’ 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको शंखपार्कको वायु मंगलबार दिउँसो ‘खतरनाक’ बनेको छ । मध्याह्न १२ः३० बजे त्यहाँको वायुको गुणस्तर अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४५७ पुगेको छ । वातावरण विभागको सूचकांकमा देखिएको यो तह स्वास्थ्यका निम्ति खतरनाक र पछिल्लो २४ घण्टाकै सबैभन्दा बढी एक्यूआई हो ।

यस्तै, ललितपुरका भैँसेपाटी र खुमलटार, कास्कीको पोखरा, दाङको देउखुरीको वायु पनि मंगलबार अस्वस्थकर छ । ती स्थानको एक्यूआई १५२ देखि १७७ सम्म मापन गरिएको छ ।

शंखपार्कमा पीएम (पर्टिकुलेट म्याटर) १० को मात्रा बढेर २३८.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।

शंखपार्कबाहेकका चार स्थान विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डानुसार ‘अस्वस्थकर’को सूचीमा परेका छन् । वायुको गुणस्तर मापदण्डानुसार एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । त्योभन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro