site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिनेश त्रिपाठीलाई 'आक्रमण गर्ने'सँग एक–एक लाख धरौटी माग : दुई छुटे, एकजना थुनामै
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं जिल्ला अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि 'आक्रमण गर्ने'हरूसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ । शुक्रबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले तीनैजना प्रतिवादीलाई समान एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, अभियुक्तहरूमध्ये दुईजना धरौटी बुझाएर रिहा भइसकेका छन् । धरौटी बुझाउन नसकेका एकजना अभियुक्त थुनामै छन् ।

दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी र झापा घर भई बानेश्वर बस्ने ५५ वर्षीया सितल राई भन्ने सीतादेवी राई धरौटी बुझाएर रिहा भइसकेका छन् । तर, धरौटी रकम बुझाउन नसकेका हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैशीलाई थुनामै पठाइएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि यही माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको थियो । रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसमा सहकारीपीडितका तर्फबाट बहस गरेर बाहिरिने क्रममा आक्रमण भएको थियो ।

त्रिपाठीले प्रहरीमा जाहेरी दिएपछि उनीहरू पक्राउ परेका थिए । उनीहरूविरूद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro