site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संकटालाई हराउँदै भारतको थन्डरबोल्ट आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब संकटाविरुद्ध ३–१ को जित निकाल्दै भारतको थन्डरबोल्ट नर्थ युनाइटेड पोखरामा जारी २४औँ आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

शुक्रबार कास्कीस्थित पोखरा रंगशालामा सम्पन्न खेलमा थन्डरबोल्टलाई जित दिलाउन ताला, किरन राई र आर्दश तामाङले गोल गरे । संकटाका मनीष पौडेलले एक गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने संकटाले बनाएको थियो । १७औँ मिनेटमा मनीषले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । तर, संकटाको यो अग्रता लामो समय टिक्न सकेन । ३५औँ मिनेटमा तालाले गोल गर्दै भारतीय टोलीलाई खेलमा फर्काएका थिए । ७७औँ मिनेटमा किरनको गोलमा थन्डरबोल्टले संकटाविरुद्ध २–१ को अग्रता बनायो । यस्तै, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा आर्दशले गोल गरेपछि थन्डरबोल्टले ३–१ को जित पक्का गरेको हो ।

जितसँगै क्वार्टरफाइनल प्रवेश गरेको थन्डरबोल्ट्सले अब सेमिफाइनल प्रवेशका निम्ति उज्वेकिस्तानको टिम ब्ल्याक बुल्स एफसीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

मोफसलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रुपमा रहेको आहा राराको यस संस्करणमा कुल १२ टोलीको सहभागिता छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro