site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
किन फिफाबाट फेरि प्रतिबन्धमा पर्‍यो पाकिस्तानी फुटबल ?

काठमाडौं । पाकिस्तानी फुटबल फेडेरेसन (पीएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध लगाएको छ । फिफाले बिहीबार तत्काल लागु हुने गरी पीएफएफमाथि प्रतिबन्ध लगाएको हो ।

पीएफएफले संशोधित विधानअनुरूप काम गर्न नसकेपछि प्रतिबन्धन लगाइएको फिफाले जनाएको छ । “निष्पक्ष र लोकतान्त्रिक निर्वाचन सुनिश्चित गर्ने र फिफाले तोकेको दायित्व पूरा गर्ने संविधानको संशोधनलाई अवलम्बन गर्न असफल भएका कारण पीएफएफलाई तत्कालै लागु हुने गरी निलम्बन गरिएको छ,” फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पीएफएफ फिफाको प्रतिबन्धमा परेको यो तेस्रोपटक हो । यसअघि, फिफाले सन् २०१७ को अक्टोबर १० मा पीएफएफलाई पहिलोपटक अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध गरेको थियो । त्यसबेला फिफाले संघमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो । जुन सन् २०१८ को मार्च १३ मा फुकुवा भएको थियो ।

सन् २०२१ मा फिफाले पुनः पाकिस्तान फुटबल फेडेरेसनलाई अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बन गर्‍यो । जतिबेला फेडेरेसनको कार्यालयलाई पूर्वअध्यक्ष सयेद अस्फाक साहको समूहले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro