काठमाडौं । प्रतिनिधिसभाको आज बस्न्ने बैठकमा अध्यादेशविरुद्ध परेका विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गरिने भएको छ ।
६ वटा अध्यादेशविरुद्ध ५१ वटा विरोधका सूचना दर्ता भएका छन् । ६ वटा अध्यादेशमध्ये प्रत्येक अध्यादेशमाथि परेका विरोधका सूचनामाथि छलफल हुने र एकसाथ निर्णयार्थ प्रस्तुत हुने भएको हो ।
सदनमा विचाराधीन विधेयक र पेस भएका अध्यादेशका सम्बन्धमा प्रमुख दलका सचेतकसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा अध्यादेशविरुद्ध परेका विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गर्ने सहमति भइसकेको छ ।
५१ वटा विरोधका सूचना दर्तामाथि छुट्टा–छुट्टै निर्णयार्थ प्रस्तुत गर्दा धेरै समय लाग्ने भएकाले एकसाथ निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हो ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । उक्त बैठकमा सरकारले ल्याएको अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।