site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पको चुनावी अभियानमा मस्कले गरे २८ करोड ८० लाख डलर खर्च
फाइल तस्बिर : एपी ।

काठमाडौं । विश्वकै धनाढ्य अमेरिकी अर्बपति उद्यमी एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा २८ करोड ८० लाख अमेरिकी डलर खर्च गरेको खुलासा भएको छ । संघीय निर्वाचन आयोगको खर्च विश्लेषणका आधारमा मस्क पछिल्लो निर्वाचनको सबैभन्दा ठूलो दाता भएको वासिङटनपोस्टले उल्लेख गरेको छ ।

मस्क ट्रम्पको ‘कोर टिम’मा छन् । उनलाई सरकारी प्रभावकारिता विभागको नेतृत्व दिइएको छ ।

सरकारी कर्मचारीहरूलाई आठ महिनाको तलब लिएर जागिर छोड्ने ‘अफर’ पनि उनकै पहलमा भएको भनिएको छ ।

निर्वाचनमा ठूलो रकम खर्च गरेर मस्कले ट्रम्प प्रशासनमा राम्रो प्रभुत्व जमाएको आरोप लगाइएको छ ।

गएको डिसेम्बर ३१ मा मात्र मस्कले ट्रम्पका निम्ति एक करोड १२ लाख अमेरिकी डलर ‘डोनेसन’ गरेका थिए ।

गएको अक्टोबरको अन्त्यमा मस्कले मतदाताका निम्ति दैनिक १० लाख अमेरिकी डलर खर्च गर्ने घोषणा गरेका थिए । यसरी मतदाताका निम्ति मात्र मस्कले कम्तीमा पाँच करोड १७ लाख डलर खर्च गरेको देखिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro