site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारतीय बजेट : नेपाललाई सवा ११ अर्ब, कुन देशले कति पाउने भए ?

काठमाडौं । शनिबार भारत सरकारले संसदमा बजेट प्रस्तुत गरेको छ । सो बजेट प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट हो । 

भारतकी केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले लगातार आठौँपटक बजेट सार्वजनिक गरेकी हुन् । त्यहाँको अर्थ मन्त्रालयको प्रक्षेपणअनुसार आगामी वर्ष भारतको अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतसम्म वृद्धि हुनेछ । 

भारत सरकारले जारी गरेको आगामी बजेटमा नेपालका लागि ७ सय करोड भारतीय रुपैयाँ अर्थात् अर्थात् ११ अर्ब २० करोड रुपैयाँभन्दा बढी अनुदान छुट्याएको छ । 

गत वर्ष पनि भारत सरकारले नेपाललाई सात अर्ब भारु अनुदान दिएको थियो । छिमेकी राष्ट्रहरूमध्ये भारतबाट धेरै अनुदान पाउने देशको सूचीमा नेपाल दोस्रो हो । 

सबैभन्दा बढी सहायता पाउने भारतको छिमेकी मुलुकमा भुटान पहिलो नम्बरमा छ । भारतले भुटानलाई यो वर्ष १७ सय ७५ करोड अनुदान र ३७५ करोड ऋण उपलब्ध गराउने भएको छ । 

श्रीलंका र माल्दिभ्सले बराबर अनुदान पाउने भएका छन् ।  ती दुवै देशले समान ६०० करोड अनुदान पाउने भएका हुन् । भारतको अर्को छिमेकी बंगलालादेशले भने १२० करोड मात्रै पाउने भएको छ । 

त्यस्तै, म्यानमारले ८५ करोड ६६ लाख पाउने भएको छ भने अफगानिस्तानले भने जम्मा २० करोड मात्र पाउने भारतीय सञ्चरमाध्यमले उल्लेख गरेका छन् । 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro