site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीले भन्यो– अध्यादेश ल्याउने सरकारको प्रक्रिया मिलेन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डले अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा पाण्डले समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिएर अध्यादेश ल्याउने प्रक्रिया उचित नभएको बताए ।

उनले नियमित संसद् बोलाउने समयमा संसद्लाई नै छलेर अध्यादेश ल्याइएको तर्क गरे ।

पाण्डेले संक्रमणकालीन न्यायसँग जोडिएका आयोग गठन गर्न सरकारले नै ढिलाइ गरिरहेको पनि जिकिर गरे । उनले सत्तापक्ष र प्रतिपक्षीलाई सरकारले विभेद गरिरहेको समेत बताए ।

यस्तै, जनताको अपेक्षा पूरा गर्ने काममा सरकारले ध्यान दिन नसकेको उनको भनाइ छ ।

उनले निर्माण सामग्रीको चर्को मूल्यवृद्धि भएको, जनताको आवाजलाई कुण्ठित गर्ने काम भएको र सुशासन काम गर्ने काममा सरकार चुकेको धारणा राखे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro