site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विदेशबाट ल्याएकाे सामान विदेशमै निर्यात गरेर नक्कली आँकडा देखाउनुकाे अर्थ छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दल मिलेर अर्थतन्त्रलगायत क्षेत्रमा देखिएका समस्या समाधानको प्रयास गरेको बताएका छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्स्पो उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो दाबी गरेका हुन् । 

राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्रदेखि सबै क्षेत्रमा प्रतिकूल असर परेको भन्दै उनले अहिले ठूला दल मिलेर अर्थतन्त्रलगायत क्षेत्रमा देखिएका समस्या समाधानको प्रयास गरेको बताए । अहिले अर्थतन्त्रलाई लयमा फर्काउने कोसिस भइरहेको जानकारी दिँदै उनले देशलाई २०२६ मा अर्थतन्त्रको मध्यम स्तरमा पुर्याउनका लागि सरकारको ध्यान केन्द्रित रहेको बताए । 

प्रधानमन्त्री ओलीले पूर्वाधार निर्माण गरेर मुलुकको विकास गरिने बताए । सूचना प्रविधि क्षेत्रलाई उद्योगका रूपमा विकास गरी निर्यात व्यापारका रूपमा अघि बढाउने गरी काम भइरहेको उनले जानकारी दिए । 

प्रधानमन्त्री विदेशबाट सामान ल्याएर विदेशमा नै निर्यात गर्ने कामले नक्कली आँकडा स्थापित हुन खोजेको भन्दै स्वदेशमा नै उत्पादित सामग्रीलाई निर्यात गर्न सक्नुपर्नेमा जोड दिए । विश्वमा प्रतिस्पर्धी ढंगले सूचना प्रविधिको विकास भइरहेको सन्दर्भमा नेपालमा त्यसको उचित तवरले प्रयोग गरेर फाइदा लिन सक्नुपर्ने धारणा उनले राखे । 

त्यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रलाई बलियो बनाउन पूर्वाधार गत संरचना र नीतिगत संरचना निर्माणमा मन्त्रालय लागेको बताए । पछिल्लो समय सूचना प्रविधिको विकासबाटै देशको अर्थतन्त्र सुधार गर्न सकिने आधार देखिएको भन्दै उनले यसका लागि कानुनीलगायत पूर्वाधार तयार गरिने जिकिर गरे । 

भृकुटीमण्डपमा आगामी माघ २१ गतेसम्म चल्ने चेम्बर एक्स्पोमा हस्तकलाका वस्तु, सवारीसाधन, घरजग्गा व्यवसायी, पहिरन, पाठ्यपुस्तक, सूचना प्रविधिलगायतका क्षेत्रको स्टल रहेका छन् । स्थानीय उत्पादनको प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पोको आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले हरेक वर्ष एक्स्पो गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro