site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकार महासंघले आफूमाथि मिथ्या आरोप लगाएको धरानका मेयरको जिकिर 
Tiktok banner adTiktok banner ad

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई भेटेर आफूलगायतमाथि कारबाहीको माग राखेको विषयमा प्रतिक्रिया दिएका छन् । उनले मंगलबार एक विज्ञप्ति जारी गरेर पत्रकार महासंघले आफूमाथि मिथ्या आरोप लगाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

‘‘प्रेस स्वतन्त्रताको नाममा जसले जसलाई पनि जथाभावी आरोप लगाउन मिल्दैन । आरोप पुष्टि गरेर समाजमा ल्याउन सकिन्न भने कसैको चरित्र हत्या गर्ने नियतले राजनीतिक पक्षधरता लिएर कसैले पनि जिब्रो, कलम या क्यामेरा चलाउनुहुँदैन,’’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘पत्रकारले समाजलाई विभक्त गर्ने, विग्रह र कहल ल्याई आतंक सिर्जना गर्न मिल्दैन । पत्रकार कुनै दलको बन्नुहुँदैन ।’’ 

स्वतन्त्र र निष्पक्ष पत्रकारले मात्रै सत्य र तथ्यलाई आधार मानी देश र जनताको भावना, चाहना र आवश्यकताअनुसार काम गर्न सक्ने उनको ठहर छ । ‘‘सत्य–तथ्यलाई बाहिर ल्याउनु पत्रकारको परम कर्तव्य हो, तर भ्रम सिर्जना गरेर पुष्टिविना प्रमाणका सामग्री सम्प्रेषण र प्रसारण गर्दा देश र जनतालाई आघात पुग्ने र लोकतन्त्रको नाममा दलतन्त्र हावी हुने देखिन्छ,’’ उनले थप लेखेका छन्, ‘‘मूलधारका पत्रकार भनेर आफूलाई ठान्नेहरूलाई आज जनताले कसरी मूल्यांकन गरिरहेका छन्, त्यो सबैलाई थाहा छ !’’ 

पूर्वाग्रही ढंगले पत्रकारिता गर्दा त्यस्ता मिडियाविरुद्ध जनताले प्रतिवाद गरिनै रहने उनले उल्लेख गरेका छन् । लोकतन्त्रमा जनताको मुख थुन्न कसैले नसक्ने उल्लेख गर्दै मेयर साम्पाङले भनेका छन्, ‘‘पत्रकारलाई धम्की दिएको भन्ने कुरा अनर्गल प्रचार गर्ने पत्रकार महासंघलाई मेरो चुनौती छ । कहाँ, कति बजे, मिडियामा के कसरी धम्की दिएको हो मैले सो प्रमाणित गरिदिन चुनौती दिन्छु ।’’

एउटा देशभक्त जनप्रतिनिधिलाई निरंकुश बनेको आरोप लगाउनुअघि लोकतन्त्रको अर्थ र परिभाषा बुझ्न उनले चुनौती दिएका छन् । उनले भनेका छन्, ‘‘पार्टीको आडमा संगठनको भरमा कुनै व्यक्ति या संस्थालाई विनाप्रमाणको आरोप लगाई हिलो छ्याप्नुलाई लोकतन्त्र भनिन्छ भने नेपाली जनताले वास्तविक लोकतन्त्रको लागि फेरि पनि आवाज उठाउनुपर्ने देखिन्छ ।’’ 

पत्रकारिता स्वतन्त्र बन्न सक्नुपर्ने र यसले समाजमा सिर्जना, एकता, विकास र प्रगतिको कार्य गर्नुपर्ने उल्लेख गर्दै साम्पमङले यसतर्फ देशकै शान्ति सुरक्षाको जिम्मा लिइबसेको गृह मन्त्रालय र गृह प्रशासनको ध्यानाकर्षण हुनुपर्ने उल्लेख गरेका छन् । 

475166624_1152571956664533_5337303741222634895_n-1738055448.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro