site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ताप्लेजुङमा यातायात ठप्प
तस्बिर : फेसबुक भिडियोबाट ।

काठमाडौं । ताप्लेजुङमा मंगलबार यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले यातायात बन्दको आह्वान गरेको हो ।

बन्दका कारण निजी तथा सार्वजनिक सवारीसाधन ठप्प रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले जानकारी दिए । “बन्द आह्वानको प्रभाव परेको छ । गाडीहरू चलेका छैनन्,” उनले बाह्रखरीसित भने, “ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।”

ताप्लेजुङ भित्रने र बाहिरिनेसहित जिल्लामा यातायातका साधन नचलेको उनले बताए । एम्बुलेन्ससहित आकस्मिक सेवाका सवारीसाधनमा भने अवरोध नरहेको उनले जानकारी दिए । उनका अनुसार, व्यापार–व्यवसाय, कार्यालय भने खुला छन् ।

संघर्ष समितिले आज (माघ १५)देखि अश्चितकालीन मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरू र ताप्लेजुङभित्र यातायात बन्दको आह्वान गरेको छ ।

पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नहुने बताउँदै आएका स्थानीवासी र प्रहरीबीच गएको शनिबार झडप भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएका दुईसहित तीन प्रदर्शनकारीको उपचार जारी छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । झडपमा केही प्रहरी पनि घाइते भएका थिए ।

उक्त घटनापछि संघर्ष समितिले यातायात बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro