site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनतालाई ढाँट्ने काम नगर्नोस् : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसअघिको सरकारले मुलुकलाई अस्तव्यस्त बनाउने काम गरेको बताएका छन् ।

आइतबार सिंहदरबारमा एक स्थानीय तह एक हुलाक कार्यालय स्थापना घोषणा कार्यक्रममा उनले यसअघिको सरकारका कारण हरेक क्षेत्रमा अस्तव्यस्त भएको भन्दै हाल त्यसलाई सुधार गर्न खोजिएको बताए ।

अत्यावश्यक क्षेत्रको छिटो सुधार गर्न सरकारले अध्यादेश ल्याउनुपरेको उनले जिकिर गरे ।

मन्त्री गुरुङले क्रान्तिकारी काम गर्न खोज्दा सरकारबाट हटाइयो भन्ने तर्क गरेर जनतालाई ढाँट्ने कार्य नगर्न सुझाव समेत दिए । “वाहियात कुराहरू किन गर्ने ? जनतालाई किन ढाँट्ने ? केही गरेकै छैन,” उनले भने ।

मुलुकको स्थायी सरकार कर्मचारीतन्त्र भए पनि यसमा नै सबैभन्दा बढी राजनीतिकरण भएकाले सरकारले ‘सिस्टम’ बनाउन खोजेको उनले बताए ।

सहकारी ठगी प्रक्रियामा संलग्न सबैलाई कारबाही गर्दै नियमन प्राधिकरण गठन गर्न सरकारले आवश्यक कानुन ल्याउन खोजेको उनको भनाइ थियो ।

नेपालको हुलाक क्षेत्रलाई राज्यले सधैँ उपेक्षा गरेको भन्दै उनले अब यसलाई आधुनिकीकरण गर्दै अघि बढाउने प्रतिबद्धता जनाए ।

मन्त्री गुरुङले जनसेवामुखी हुलाक बनाउन कर्मचारीहरूलाई निर्देशन समेत दिए । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro