site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुरमा दुर्घटना : आमाको मृत्यु, छोरी घाइते
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२, सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक बालिका घाइते भएकी छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार बा प्र ०१–०२७ च. ९२७ नम्बरको कार र बा५० प ७४१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो ।

Dabur Nepal
NIC Asia

घटनामा मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २३ वर्षीया सपना राईको मृत्यु भएको हो । उनको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो । सो दुर्घटनामा मोटरसाइकलमै सवार तीन वर्षीया ईश्वरी राई घाइते भएकी छन् । उनीहरू आमा–छोरी हुन् ।    

कार चालक रामेछापको सुनापाती गाउँपालिका–१ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरीवृत्त थिमिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro