site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकारको दाबी– सिमेन्टमा ७५ प्रतिशतसम्म मूल्य बढेको हल्लामा सत्यता छैन
Argakhachi Cement Island Ad

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्टमा ५० देखि ७५ प्रतिशतसम्म मूल्य नबढेको बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्री भण्डारीले ४०० रुपैयाँको सिमेन्ट ८०० रुपैयाँ पुगेको दाबीमा सत्यता नरहेको बताएका हुन् ।

उनका अनुसार, ओपीसीको ६५० र पीपीसी ७५० रुपैयाँसम्म मूल्य छ । उनले ढुवानीमा पनि मूल्य नबढेको तर लोडसेडिङले उत्पादनमा कमी आएको बताए ।

"पछिल्लोपटक असार महिनामा निर्धारण भएको सिमेन्टको मूल्यमा थोरै वृद्धि गर्ने गरी निर्माण व्यवसायीले सहमति जनाएको अवस्था हो । उत्पादन, बजार अभावका विषयमा फुलफेजमा उत्पादन गरी उत्पादन लागतका आधारमा मूल्य समायोजन हुनेकुरा भइसकेको थियो । समितिले दिने निर्देशनअनुसार चाँडै टुग्याउँछौँ," उनले भने । 
 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्