site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलद्वारा ९० प्यालेस्टिनी बन्दी रिहा

काठमाडौं । इजरायलले युद्धविराम सम्झौताअनुसार ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको जनाएको छ ।

हमासले पनि यसको पुष्टि गर्दै यी ९० जनामध्ये ६९ जना महिला र २१ जना किशोर बालबालिका रहेको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यी मध्ये अधिकांशलाई हालै पक्राउ गरिएको थियो । उनीहरूलाई कुनै पनि मुद्दामा कारबाही वा सजाय नदिइएको बताइएको छ । 

युद्धविराम लागु भएको केही घण्टापछि हमासले तीन इजरायली बन्धकहरूलाई पनि रिहा गरेको थियो ।

सम्झौताको पहिलो चरणमा इजरायलले एक हजार ९०० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नुपर्नेछ । यही समयमा हमासले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्नेछ ।

वास्तवमा इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागु हुनेछ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहा गरिनेछ ।

त्यसपछि इजरायली सेना विस्तारै गाजाबाट हट्ने र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ । बीबीसी 
 

प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ०८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro