site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध पाकिस्तानको फराकिलो जित 

काठमाडौं । पाहुना टिम वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानले १२७ रनको जित निकालेको छ । पाकिस्तानको मुल्तानमा भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १२३ रनमै समेटियो । 

वेस्ट इन्डिजका एलिक एथानाजेले सर्वाधिक ५५ रन बनाए । यसबाहेक, अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहन सकेन । ताभिन इमलाचले १४, माइकली लुइसले १३, कप्तान क्रेग ब्रेथवेटले १२ र केभिन सिन्क्लायरले १० रन थपे ।

Dabur Nepal
NIC Asia

वेस्ट इन्डिजलाई सस्तैमा समेट्न पाकिस्तानका साजिद खानले पाँच विकेट लिए । १५ ओभर बलिङ गरेका उनले तीन मेडन खर्चिदै ५० रन खर्चिए । अर्बार अहमेदले चार विकेट लिए । ११.३ ओभर बलिङ गरेका अहमेदले दुई मेडन फ्याक्दै २७ रन खर्चिए । यस्तै, नोमन अलीले एक विकेट हात पारे ।

त्यसअघि पाकिस्तानले पहिलो इनिङमा २३० रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिज पहिलो इनिङमा पनि १३७ रनमा समेटिएको थियो । 

दोस्रो इनिङमा पाकिस्तानले १५७ रन बनाएपछि वेस्ट इन्डिजले २५१ रनको लक्ष्य पाएको हो ।

जितसँगै दुई खेलको टेस्ट शृंखलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो खेल जनवरी २५ देखि सुरु हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro