site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीमा जाने १५.४९ प्रतिशतले बढे, प्रत्येक महिना ६५ हजार जना विदेशिँदै

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या १५.४९ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना (०८१ साउन १ गतेदेखि पुस मसान्तसम्म) वैदेशिक रोजगारीमा जान तीन लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान विभागबाट तीन लाख ४० हजार ३३० जनाले श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान ५२ हजार ७३७ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

Dabur Nepal
NIC Asia

विभागले जारी गरेको विवरणअनुसार, २०८१ साउनदेखि पुस मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिनेमा तीन लाख ४८ हजार २४१ जना पुरुष र ४४ हजार ८२६ जना महिला छन् । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये ११.४० प्रतिशत संख्या महिलाको छ ।

विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६ र पुसमा ६७ हजार २५८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसतमा प्रत्येक महिना ६५ हजार ५११ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro