site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानी रेन्जर्सको हिरासतबाट रिहा भएर  घर पुगेका बीएसएफ जवानले के भने ?

काठमाडौं । पाकिस्तानी रेन्जर्सको हिरासतबाट रिहा भएका बीएसएफ जवान पूर्णम कुमार हुगली (पश्चिम बंगाल)स्थित आफ्नो घर पुगेका छन् ।

पहलगाम आक्रमणको दोस्रो दिन फिरोजपुर (पञ्जाब) नजिकैबाट पूर्णमलाई पाकिस्तानी रेन्जर्सले हिरासतमा लिएको थियो ।

Argakhachi Cement Island Ad

भारत र पाकिस्तानबीचको तनावका बेला पूर्णमले गल्तीले अन्तर्राष्ट्रिय सीमा पार गरेका थिए । 

पाकिस्तानी रेन्जर्सले उनलाई मे १४ मा अटारी–वाघा सीमामा भारतीय अधिकारीहरूलाई बुझाएका थिए । 

“मेरा आमाबाबु धेरै दुखी हुनुहुन्थ्यो त्यसैले म पहिले उहाँहरूलाई भेट्न आएँ,” आफ्नो घर पुगेपछि पूर्णमले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, “मेरा आफन्तहरूलाई भेट्न पाउँदा राम्रो लाग्छ ।” बीबीसी

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्