site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं र भक्तपुरमा तास खेलिरहेका १३ जना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं र भक्तपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८, भंगालका मिलन शाहको टहरामा जुवातास खेलिरहेको अवस्थामा सातजनालाई पक्राउ गरिएको छ । शनिबार (हिजो) साँझ मिलनसहितका व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले नगद ५५ हजार ४२० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, भक्तपुर नगरपालिका–१, चुनदेवीस्थित नरबहादुर खड्काको आरबिके सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको छ । भक्तपुरको सल्लाघारीमा बस्दै आएका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ५२ वर्षीय ओमबहादुर जोगीसहितका व्यक्तिहरूलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले नगद ४४ हजार ६०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro