site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणबारे निष्पक्ष छानबिन गर्न एमालेकाे माग

काठमाडौं । नेकपा एमालेले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणबारे निष्पक्ष छानबिनको माग गरेका छन् । एमालेले बिहीबार विज्ञप्ति जारी गर्दै आक्रमणबारे गम्भीर ध्यानाकर्षण रहेको जनाएको छ ।

"यही मिति २०८१ माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा सांघातिक हमला जस्ता निन्दनीय कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ," एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "काठमाडौं जिल्ला अदालत परिसरबाट बाहिरिने क्रममा जाहेरवालाको तर्फबाट बहस गरेकै आधारमा बहस पैरवीका बुँदाहरूलाई लिएर अराजक समूहबाटट वरिष्ठ कानुनविद्माथि भएको यसप्रकारको निन्दनीय कार्यको हाम्रो पार्टी खेद व्यक्त गर्दछ ।"

Argakhachi Cement Island Ad

अराजकता र उदण्डताको अन्त्य गर्न र अमानवीय घटनाको निष्पक्ष तथा स्वतन्त्र छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्