site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विद्या भट्टराईको प्रश्न– समिति र सरकार तयार भएको बेला विधेयक किन रोकियो ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक किन रोकियो भन्दै प्रश्न गरेकी छन् । सोमबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा बोल्दै समिति र सरकार तयार भएको बेला विधेयक रोकिएको भन्दै प्रश्न गरेकी हुन् । 

“म कतै विधेयक ल्याउन बाधक भए कि भनेर राजीनामा दिएर आएको मान्छे हुँ,” उनले भनिन्, “समिति र सरकार तयार भएको बेला विधेयक किन रोकियो । यसरी रोक्दा सरकार र मन्त्रीकै अवमूल्यन भयो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भट्टराईले सरोकारवाला पक्षहरू धेरै रहेको भन्दै तिनीहरू सबैले आफ्नो विषयमा लभिङ गर्न खाजे भने के गर्ने भन्दै अर्को प्रश्न गरिन् । "शिक्षक कर्मचारीका धेरै माग/मुद्दाहरू छुटाएर अघि बढेका छौँ । यो शिक्षा विधेयक ल्याउने नियत हो ?" प्रश्न गर्दै भनिन्, "सरकार कि मस्यौदामा उभिनु पर्‍यो कि प्रतिवेदनमा उभिनु पर्‍यो ।"

 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्