site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ : कुलमान घिसिङ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) २५ वर्ष पुगेको अवसरमा बिहीबार आयोजित इप्पान ईभी र्‍यालीमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोगमा वृद्धि भएको उनले उल्लेख गरे । उनले निजी मात्र नभएर यात्रुवाहक विद्युतीय सवारीसाधन समेत बढेको बताए ।

“...इलेक्ट्रिकल भेइकलमा ट्रान्सपोटेसन भएको छ, यो ठूलो परिवर्तन हो । पछिल्लो समय विद्युतीय सवारीसाधनमा नेपालभर वृद्धि भएको छ,” उनले भने ।

विद्युतीय सवारीसाधनका निम्ति देशभर आवश्यक संरचना बनाउन जरुरी रहेकामा उनले जोड दिए । चार्जिङ स्टेसन मुलुकभर बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

६०० बढी चार्जिङ स्टेसन निजी क्षेत्रले मात्र बनाएको उनले उल्लेख गरे । “...अहिले ६०० बढी चार्जिङ स्टेसनहरू निजी क्षेत्रले मात्रै बनाएको छ । अझै देशभर बनाउन आवश्यक छ,” उनले भने, “अहिले निजी क्षेत्रबाट ५०० चार्जिङ स्टेसनहरूको लागि आवदेन आएको छ । यसले रोजगारी पनि सिर्जना गरेको छ ।”

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए । उनले विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro