site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार हतियार बरामद
फाइल तस्बिर ।

तेल अभिभ । गत वर्ष डिसेम्बरको मध्यमा सिरियाका पूर्वराष्ट्रपति बसर अल–असदको पतनपछि इजरायली सेनाले सिरियाबाट तीन हजार ३०० भन्दा बढी हतियार बरामद गरेको दाबी गरेको छ ।

सेनाका अनुसार हतियारमा आर्मी ट्यांक, एन्टिट्यांक, आरपीजी लन्चर, शेल्स मोर्टार, मोर्टार बम, निगरानी उपकरण र अन्य हतियार समावेश छ ।

यो विकास इजरायलले आफ्नो सिमाना सुरक्षित गर्न र छिमेकी देशहरूबाट हुने खतरासँग जुध्न गरेको व्यापक प्रयासको एक हिस्सा हो । गाजा, लेबनान र सिरियाका युद्ध क्षेत्रहरूमा इजरायलको सेनाले एक लाख ७० हजार हतियार र अन्य वस्तुहरू कब्जा गरेको दाबी गरेको छ ।

यसैबीच, गत महिना राष्ट्रपति बसर अल–असद परिवारको दशकौँ लामो शासनको अन्त्य गर्ने नयाँ सिरियाली सरकारले देशको पूर्वाधार र अर्थव्यवस्थाको पुनर्निर्माण गर्न धनी खाडी मुलुकहरूबाट लगानी खोजिरहेको छ ।

सिरियाको अर्थतन्त्र एक दशकभन्दा बढीको युद्धले नराम्ररी प्रभावित भएको छ । सरकारले आर्थिक पुनरुत्थानको लागि लगानी आकर्षित गर्ने आशा गरेको छ ।

अल जजीराका अनुसार १३ वर्षको युद्ध र व्यापक भ्रष्टाचारपछि सिरियाको स्वास्थ्य सेवा पूर्वाधार जीर्ण अवस्थामा छ ।

नयाँ सरकारका नेताहरूले पनि आर्थिक सुधार र अन्य देशहरूसँग विशेष साझेदारी निर्माण गर्न विदेशी अधिकारीहरूसँग भेट गर्दैछन् ।

हालै सिरियाली नेता अहमद अल–शारा लेबनानका प्रधानमन्त्री नजिब मिकातीसँग भेटे । दुई नेताहरूले लेबनानमा ठूलो संख्यामा सिरियाली शरणार्थीहरूलाई घर जान सक्षम पार्ने तरिकाहरूबारे छलफल गरे । रासस/एएनआई

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro