site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमण घटनाप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरभित्रै भएको आक्रमणप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै आक्रमण घटनाको ध्यानाकर्षण भएको जनाएको हो ।

"सहकारीको अपचलन तथा ठगी प्रकरण सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा आज (बुधबार) भएको थुनछेक बहस सकिएपछि बाहिर निस्कँदै गरेका त्रिपाठीमाथि अदालत परिसरभित्रै केही अराजक व्यक्तिहरूले एक्कासि आक्रमण गर्दै लछारपछार, हातपात र दुर्व्यवहार गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ," विज्ञप्तिमा उल्लेख छ ।

विधिको शासन, कानुनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवाञ्छित गतिविधि स्वीकार्य नहुने कांग्रेसले जनाएको छ ।

"विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको हुन्छ । यो घटनालाई नेपाली कांग्रेसले अत्यन्त दुःखदायी घटनाको रुपमा लिएको छ । विधिको शासन, कानुनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवाञ्छित गतिविधि कदापी स्वीकार्य हुन सक्दैन । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ," विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro