site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद् अधिवेशन बोलाउन विपक्षीको दबाब

काठमाडौं । सरकारले तत्काल संसद्को हिउँदे अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशनको माग गर्ने भएका छन् । बुधबार सिंहदबारमा बसेको विपक्षी ६ दलको बैठकमा यस्तो समझदारी भएको नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले बताए ।

“संसद्लाई छलेर काम गर्छ भने प्रतिपक्षी दलको तर्फबाट विशेष अधिवेशन गर्न माग गर्ने समझादारी बनेको छ,” उनले भने ।

सरकारले हिउँदे अधिवेशन नबोलाएर अध्यादेश ल्याएको भन्दै विपक्षीले आपत्ति जनाएका छन् ।

यस्तै, निर्वाचन कानुनमा ‘थ्रेसहोल्ड’ बढाएर साना दलको सहभागिता कमजोर बनाउन खोजिएको निष्कर्षमा विपक्षी पुगेका छन् । थ्रेसहोल्ड बढाएर दुईदलीय व्यवस्था लाद्न खोजिएको उनीहरूको आशंका छ । यसबारे केही दिनमा नै दलहरूको आधिकारिक धारणा सार्वजनिक गरिने पुनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ११:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro